काठमाडौं उपत्यकामा ९६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ६६३, ललितपुरमा १९२, भक्तपुरमा १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभर थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स