काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।
देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।