काठमाडौं । नेपालमा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।