‘खल्ती’ मार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा १ हजारसम्मको क्यासब्याक

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम तिर्दा क्यासब्याक पाउने भएको छ । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हो ।

यसका साथै उनीहरुले ५ हजारसम्मको खल्ती पाइन्ट्स र पहिलो भुक्तानीमा क्ष्ल्क्ग्च्भ् ज्ञण्ण् प्रयोग गरी १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

कोरोनाभाइरस महामारीको समयमा लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको खल्तीले जनाएको छ ।

५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स