काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएको हो ।
देशभर थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ ।