आज राति १२ बजेदेखि जोर बिजोर प्रणाली लागू, के गर्न पाइने ? के नपाइने ?(सूचना सहित)

काठमाडौं । बढ्दो कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि लागू हुने गरि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जसअन्तर्गत आज (शुक्रबार) राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ ।

साथैं, सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेसहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिने सूचनामा उल्लेख गरिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/1.pdf” cache=”off”]1

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स