आज सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीको सेयर मूल्य बढ्योे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम दिन ३३.०३ अंकले बढेर २९३१.३४ विन्दुमा रहेको छ ।

बिहिबार २२९ कम्पनीहरुको सेयर ७५ हजार ५८२ पटक कारोबार भएको छ । १ करोड ५९ लाख ८९ हजार २४४ कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १६० कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको सेयर मूल्य घटेको छ ।

मैंलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ५०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५५० रुपैयाँमा खरिदबिक्री भएको छ ।

तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीकोे प्रति कित्ता सेयर मूल्य ५७८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६३५.८० रुपैयाँमा कारोबार भएको छ ।

कुमारी बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०४ प्रतिशतले बढेको छ । हिजो सो संस्थाकोे प्रति कित्ता सेयर मूल्य २८२.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य २८३ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स