बुद्ध एयरको जहाज समयमा अवतरण हुन नसक्दा यात्रु बेहोस

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज समयमा अवतरण हुन नसक्दा एक महिला यात्रु बेहोस भेटिएकी छिन् ।

बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।

अवतरण गर्न मौसम प्रतिकुल नभएपछि झन्डै पौने घन्टापछि मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो। जहाजमा ६९ जना यात्रु सवार थिए ।

बेहोस भेटिएको यात्रुलाई बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो । उनलाई सामान्य उपचारपछि घर फकाईएको बताइएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स