काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा, आज कति थपिए ?

काठमाडौं । काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएको हो ।

काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।

देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स