मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई आज कोरोना संक्रमण पुष्टि भएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको हो ।

मन्त्रीलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएको छ ।

हाल उनी मन्त्री निवासमा आराम गरिरहेका र उनको स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स