काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १८९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना संक्रमित थपिएको हो ।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ९१० तथा देशभर ३७ हजार ३३२ पुगेको छ ।
देशभर ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामामा संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेका छन् ।