काठमाडौं । काठमाडौं उपत्यकामा २,६०७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएको हो।
त्यस्तै, काठमाडौं उपत्यकामा सक्रिय सक्रमितको संख्या १० हजार ८११ पुगेको छ ।
देशभर ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।