काठमाडौं । काठमाडौं उपत्यकामा एक हजार ९१६ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा १,४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएको हो ।
योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ८,३९६ पुगेको छ ।
देशभर ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।