बिहीबारबाट राति ८ बजेदेखि सवारीसाधन सञ्चालन गर्न नदिने

काठमाडौं । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लाग्ने भएको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै जिल्ला प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको बताए । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै बेला चल्न पाउने उनले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स