देशभर एकैदिन ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर एकैदिन ३,०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै,कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स