पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले मगर चढेको गाडी दुर्घटनामा परेको छ ।

मन्त्री आले काठमाडौं बाट धनगढी एयरपोर्ट झरेर महेन्द्रनगर जाँदै गरेको अवस्थामा धनगढी-अत्तरिया ६ लेन सडक खण्डको एयरपोर्ट मोडमा विपरीत दिशाबाट आउँदै गरेको जिपसँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मन्त्री सवार बा ४ च १३७७ नम्बर गाडीलाई सु ०१००१ झ ३३३ नम्बरकाे गाडीले ठक्कर दिएकाे थियाे । दुर्घटनामा कुनै मानवीय क्षति नभएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । पर्यटन मन्त्री आलेले दुर्घटना सामन्य भएको बताए । उनले आफू महेन्द्रनगर पुग्न लागेकोसमेत जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स