काठमाडौं। काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । आज उपत्यकाभरि थप १,२८६ जना कोरोना संक्रमण देखिएको छ ।
जसमा काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।