देशभर बढ्ने क्रममा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र ६१५ जना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १,१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज १२ हजार ६३२ नमुना परीक्षण गर्दा १,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ६१५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना रहेका छन् ।

आज देशभरको औसत संक्रमण दर ९.५ प्रतिरशत रहेको छ । त्यसैगरी आज देशभर संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने आज २२४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स