काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ६२४, भक्तपुरमा १७० र ललितपुरमा १६५ जनामा संक्रमण देखिएको हो ।
देशभर थप ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।