२०५ जना नेपाली शान्ति सैनिकको आठौं डफ्फाको अन्तिम टोली दक्षिण सुडानतर्फ प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि चन्दननाथ गण शान्ति सेना आठौं डफ्फाको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सेनानी गोपालसिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक काठमाडौंबाट मिशन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौं डफ्फालाई बदली गर्न टोली त्यहाँ गएको हो । नेपाली सेना संयुक्त राष्ट्रसंघका विभिन्नमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

कोभिड–१९ सङ्क्रमणकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स