सुनको मूल्य घटेर प्रतितोला रू ८९ हजार, चार महिनायताकै कम मूल्य

काठमाडौं । सोमबार छापावाला सुनको मुल्य १ हजार रूपैयाँले घटेको छ ।

आइतबार, सुन प्रतितोला ९० हजार रुपैयाँ कायम भएकोमा आज भने १ हजार रूपैयाँले घटेर ८९ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदी प्रतितोला १२ सय ४० रूपैयाँ कायम भएकोमा आज भने २५ रूपैयाँले घटेर १२ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स