नेपाल प्रहरीमा बढुवा भएका प्रहरी डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीमा हालै बढुवा भएका दुई प्राविधिक प्रहरी नायब महानिरीक्षक डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपेशकुमार ठाकुरलाई दर्ज्यानी चिह्न प्रदान गरेको हो ।

प्रहरी महानिरीक्षक क्षेत्रीले विरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवम् देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुन निर्देशन पनि दिए ।

प्रहरी नायव महानिरीक्षक डा. सञ्जय बिक्रम श्रेष्ठले आफूलाई थप जिम्मेवारी बोध भएकाले जिम्मेवारीलाई हृदयदेखि मनन्गरी पेशागत कार्यक्षमताका साथ उत्कृष्ट ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स