नेपाली सेनाको अधिकृत क्याडेट पदका लागि जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि जागिर खुलाएको छ । नेपाली सेनाले आज एक विज्ञापन प्रकाशित गरी २२९ जना अधिकृत क्याडेटका लागि जागिर खुलाएको हो ।

जसमा खुलातर्फ १२० जनाको कोटा रहेको छ भने शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ , आदिवासी जनजाती ३३ , मधेसी २९ , दलित १५, पिछडिएको क्षेत्रबाट ५ जना सम्मको कोटा रहेको छ ।

आवेदन दिने व्यक्तिको न्यूनतम हाइट ४ फिट ३ इञ्च , छाती नफुल्याउँदा ३२ र फुल्याउँदा ३४ र कम्तीमा ५० केजी तौल भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले पुस १८ गतेदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने सक्ने छन् । माघ १८ गतेपछि दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ । आवेदकले अनलाइनमार्फत् पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स