काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा संक्रमण थपिएको हो । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ३८३ तथा देशभर ३५ हजार ४८५ पुगेको छ ।
देशभर थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।