आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२२

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार शनिवारदेखि अंग्रेजी नयाँवर्ष इस्वी सन् २०२२ सुरु भएको छ । हाल विश्वको विभिन्न स्थानमा यो संवत् लागू रहेको छ । सौरमास र चन्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विक्रम संवत जति वैज्ञानिक नभएपनि हाल इस्वी सन्को प्रभाव भने विश्वव्यापी छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।
नयाँ वर्ष सन् २०२२ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् ।

नयाँ वर्ष २०२२ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायतका स्थानमा शनिवार विशेष रुपमा यो पर्व मनाइन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स