काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि आन्तरिक उडान फूलफेजमा सञ्चालन गर्न अनुमति दिएको छ । निषेधाज्ञासँगै लगाएको उडानको बन्देज पर्सीदेखि खुला गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
प्राधिकरणले बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि उडानको कोटा प्रणाली हटाएको उनले बताए । अव आन्तरिक उडानमा जति माग आउँछ, त्यति नै हुने क्षेत्रीले बताए । ‘यद्यपि विमानसथलमा भिडभाड नहोस् भन्नका लागि उडान तालिका भने केही समय अन्तरालमा रहने छ,’ उनले भने
‘अव नियमित ६० देखि ७० वटासम्म उडान हुन्छ,’ उनले भने ‘वायुसेवा कम्पनीमा देशभरीका यात्रुको चाप बढ्दै गएपछि उडान नियमित गरिएको हो । ‘ यति उति उडानभन्दा पनि चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएका छौं,’ उनले भने ।
उडान संख्या कम हुँदा टिकट पनि महँगो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् । तर, सबै उडान खुला गरिएपनि विमान स्थलमा भिडभाड हुन नदिन समयको व्यवस्स्थापनमा भने विशेष ध्यान दिने उनले बताए ।
विमान सञ्चालकहरुसँगको छलफल पछि त्रिभुवन विमान स्थलको भिड व्यवस्थापन गर्न नयाँ रणनीति बनाउने उनले बताए । अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएको छैन ।
मन्त्रीपरिषदले यसभन्दा पहिला ५० प्रतिशत मात्र वायु सेवाको उडान गर्न कोटा प्रणालीबाट आन्तरिक हवाई सञ्चालन गर्ने अनुमति दिएको थियो ।