देशको विकास गर्ने जिम्मा युवाको काँधमा छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताउनुभएको छ । नेपाल जेसिजले आयोजना गरेको ‘बिदाई तथा स्वागत कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुुन् ।

‘जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन,’ उनले भने । महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पारे । महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’का बारेमा जानकारी गराउनु जरुरी रहेको बताए ।

नेपाल जेसिजका निवर्तमान अध्यक्ष अरुणेश्वर खनालले हाल देशभर झण्डै २०० संस्थामा १० हजारभन्दा बढी युवालई नेपाल जेसिजमा आबद्ध गराइएको बताउनुभयो । नेपाल जेसिज सन् २०२२ का लागि अध्यक्ष जेसिआई सिनेटर लालमणि भण्डारीले पदभार ग्रहण गरे । एकवर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स