विद्यार्थीलाई कक्षाकोठाबाट निकालिएको भन्दै नेविसंघको विरोध

काठमाडौं । काठमाडौं मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसंघले विरोध गरेको छ ।

नेविसंघले आज काठमाडौं मेडिकल कलेज सिनामंगलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमालले मेडिकल कलेजले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरी विद्यार्थीलाई तत्काल अध्ययन गर्ने वातावरण निर्माण गर्न माग गरे । ‘विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकै भरमा अध्ययनबाट बञ्चित गर्न मिल्दैन, विद्यार्थीलाई गालीगलौज र धम्की दिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्नुपर्छ’, उनले भने ।

यसअघि चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले विद्यार्थीसँग बढी रकम नमाग्न यी कलेजलाई पटकपटक पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स