हुस्सु र कुहिरो, आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । हुस्सुका कारण जहाजहरू अवतरण पनि हुनसकेका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प रहेको बताए । ‘ भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको हो,’ उनले भने ‘धनगढी विमानस्थल भने खुलेको छ तर काठमाडौंको एयरपोर्ट नखुलेकाले उडान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले अवतरण गर्न पाएका छैनन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स