काठमाडौं । चर्चित र्यापर आशिष राना ‘लाहुरे’ पोखराको न्युरोडबाट पक्राउ परेका छन् ।
उनलाई लागूऔषध सेवन गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको हो ।
प्रहरीले लाहुरे सँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । उनी अहिले रियालिटी शो हिमालय रोडिजका निर्णायक रहेका छन् ।