मेलम्चीको पानी ल्याएर किसुनजीको सपना पुुरा गर्छुः खानेपानी मन्त्री चौधरी

काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री उमान्त चौधरीले काठमाडौ उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने कांग्रेसका पूर्वसभापति एवम् शन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि पार्टीका नेता तथा महाधिवेशन प्रतिनिधिहरुका लागि बुधबार राजधानीमा आयोजित धन्यबाद ज्ञापन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री चौधरीले भने, ‘अघिल्लो सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउन इमान्दारिताका साथ काम गर्नु भन्दा गलत प्रचार गरेको थियो । तर मेरो कार्यकालमा मेलम्चीको पानी काठमाडौंमा ल्याउँछु ।’

विगतका सरकारले मेलम्चीको पानी काठमाडौमा ल्याउँदा उद्घाटन गरे तर सन्त नेता भट्टराईको नाम समेत नलिएर कृतघ्न व्यवहार देखाएको मन्त्री चौधरीले बताए । मन्त्रीले भने, ‘मैले मेलम्चीको पानी खुवाउँछु भनेपछि त्यो प्रतिवद्धता पुरा गर्नेछु ।’

मन्त्री चौधरीले खानेपानी मन्त्रीको जिम्मेवारी दिन र पार्टीमा सहमहामन्त्रीमा उम्मेदवार बनाई विजयी गराउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौलाकोको भूमिकाबाट सम्भव भएको भन्दै उहाँहरुप्रति आभार व्यक्त गरे । उनले भने, ‘मलाई यो ठाउँमा पुर्याउन भूमिका खेल्ने सभापति देउवा, नेता सिटौलासहित महाधिवेशन प्रतिनिधिहरुप्रति आभार र धन्यबाद दिन चाहन्छु । म सरकारमा रहेर तपाइँहरुको भावना र चाहनालाई निरास बनाउने छैन ।’

पार्टीको महामन्त्री पदका प्रत्यासी तथा निवर्तमान केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र मजबुद छ र आन्तरिक रुपमा सुदृढ छौं भन्ने कुरा १४औं महाधिवेसनले देखाएको भन्दै निर्वाचनमा हार्नेले जित्नेलाई सहयोग गर्नु र जित्नेले पनि हार्नेलाई सँगसँगै लिएर जान सक्नु आजको आवस्यकता रहेको बताए ।

उनले भने, ‘पार्टीको नेतृत्व चयन कांग्रेसको यसरी नै हुनुपर्छ तर प्रतिष्पर्धा व्यक्तिको आधारमा होइन, उसको विचार र कार्यक्रमको आधारमा हुनुपर्छ ।’ नेता पौडेलले आफूहरुको विचार समूहको लक्ष्य पुरा नभएको भन्दै विगतमाभन्दा आफूहरु झन शसक्त र मजबुद भएको दाबी गर्दै आफूले कसैलाई पनि विचबाटोमा छोडेर नजाने बरु झन सक्रिय भएर राजनीतिक भविश्य बलियो बनाउने प्रयासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य तारामान गुरुङ, मञ्जु यादव लगायतले महाधिवेशव प्रतिनिधिहरुलाई धन्यबाद दिए । उनीहरुले महाधिवेशन प्रतिनिधिहरुको भावना बमोजिम पार्टीलाई एकताबद्ध, मजबुद र सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स