एमसीसी पास गर्न प्रधानमन्त्री देउवाको गुहार

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी पास गर्न गुहार मागेका छन् । माओवादी केन्द्रको महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी सम्झौतामा राष्ट्रघात नभएको भन्दै सबै मिलेर पास गर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरेका हुन् ।

‘एमसीसीमा राष्ट्रघात नभएको भन्दै उनले देशको हित विपरित कुनै कामको कल्पना समेत गर्न नसक्ने उनले बताएका हुन् । ‘राष्ट्रघाती भन्नेले एमसीसी पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुर्पयो एमसीसीमा कहाँ छ राष्ट्रघात छ ? मैले त कहिँ देखेको छैन, तपाईहरूले देखेको भए देखाइदिनोस् ’ प्रधानमन्त्री देउवाले भने ।

‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा किने जाने ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन राष्ट्रघात गरौंला ।’ प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गरे ।

उनले सत्तारुढ गठवन्धनमा व्यापक छलफल गरेर एमसीसी पास गर्ने पनि बताए । ‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौं, एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा किन नलिने ?’, देउवाले भने ।
उनले विश्व बैंक, एडीबीका ऋणहरूमा पनि अन्तराष्ट्रिय कानुनहरू आकर्षित हुने पनि बताए । एमसीसीले नेपालको कानुन मान्छु भनेर प्रतिवद्धता नै गरेकाले त्यसलाई सबैले बुझ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स