बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको विस्कुटमा आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा गए राति भिषण आगलागी भएको छ । औद्योगिक क्षेत्रस्थित नेबिको विस्कुट फ्याक्ट्रीमा आगलागी भएको हो । शुक्रबार राति १ बजे लागेको आगलागी के कारण हो भन्ने कुरा खुल्न नसकेको बालाजु प्रहरी वृत्तले जानकारी दिएको छ ।

रातिदेखि लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागी नियन्त्रणमा लिन नसकिएकोले के कति क्षति भयो भन्ने विवरण आउन सकेको छैन ।
१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो नभिाउने प्रयास गरिएको थियो ।

आगो नियन्त्रणका लागि दमकल, प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन् । आगलागी नियन्त्रणमा आउन नसकेपछि ेहीबेर अघिबाट हेलिकप्टरबाट पानी ल्याएर निभाउने प्रयास पनि भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स