संसारकै नम्बर-१ एलजी ओएलइडी टिभी नेपाली बजारमा

काठमाडौं । संसारकै नम्बर-१ को रुपमा चिनिएको एलजी ओएलइडी टिभी नेपाली बजारमा भित्रिएको छ । बिहिबार कम्पनीले मिनभवन शोरुममा एक कार्यक्रममाझ एलजी ओएलइडी टिभी सार्वजनिक गरेको हो ।

यस टिभीले लगातार ८ वर्षदेखि संसारकै उत्कृष्ट टिभीको रुपमा स्थापित भएको र संसारमा सबैभन्दा धेरै पुरस्कार पाउन सफल भएको कम्पनीले जनाएको छ । यसले मानिसको टिभी हेर्न अनुभव अर्को लेभलमा पुर्याउने कम्पनीले दाबी गरेको छ ।

निकै अध्यारो दृश्यमा पनि साना साना विवरणहरु स्पष्ट रुपमा देखाउनुको साथै लामो समयसम्म हेर्दा पनि यसले आँखालाई कुनै पनि प्रकारको समस्या नपार्ने कम्पनीले जनाएको छ ।

यस टिभीमा भएको ८.३ मिलियन वटा सेल्फ लिड ओलेड पिक्सल्सले आफ्नै लाइट निकाल्ने हुँदा चाहेको बेला अन हुन र सोत अफ हुने विशेषता रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स