काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जना संक्रमित थपिएको हो ।
देशभर थप ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् ।