यस वर्ष पनि संशोधित आर्थिक वृद्धिदर नपुग्ने

काठमाडौं । कोभिड दोस्रो लहर र बाढी पहिरोको वितण्डाका कारण यस वर्ष संशोधित आर्थिक वृद्धिदर पनि नपुग्ने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले यसअघि ४.०१ प्रतिशत रहने गरी आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेपनि अहिले भने फेरि सो प्रक्षेपण पनि नपुग्ने देखिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए ।

‘कोभिड दोस्रो लहरका कारण अर्थतन्त्र शिथिल बनेको छ,’ उनले भने ‘त्यसमा फेरि बाढी र पहिरो प्रभावले अर्थतन्त्रमा अर्को क्षति पुगेको छ ।’ त्यसैले प्रक्षेपण गरिएको आर्थिक वृद्धि पुग्दैन,’ उनले थपे ‘गत वर्षको जस्तो नकारात्मक नभएपनि यसअघिको प्रक्षेपण भने घट्ने छ ।

कोरोनाका कारण अर्थतन्त्रमा कति क्षति पुगेको छ र बाढी पहिरोले कति नोक्सान गर्यो त्यसको मौद्रिक मूल्य आउन नै बाँकी रहेकोले अहिले नै यति आर्थिक वृद्धिदर हुन्छ भनेर भन्न नसक्ने अवस्था रहेको उनले बताए । गत वर्ष २.१२ प्रतिशत ऋणात्मक हुने संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ ।

गत वर्ष देश पहिल्लो चौमासमा देश नै ठप्प जस्तो थियो तर यो वर्ष त्यस्तो भएको छैन । स्थानअनुसार कोभिडको प्रभाव हेरेर बन्द भएका छन् । सो कारणले पनि अहिले नै तथ्यांक संकलन गर्न सक्ने अवस्था पनि नभएको उनले बताए ।
यी सबै क्षति र नोक्सानको तथ्यांक आउन अझै २/३ महिना समय लाग्छ,’ उनले थपे ‘हामी असोजसम्म तथ्यांक संकलन गरेर तयार पार्ने योजनामा छौ ।’

२०७२ मा भुकम्प गएको वर्ष तल झरेको आर्थिक वृछिदर त्यसपछिको वर्ष २९७३/७४ मा ८.६ प्रतिशत आर्थिक वृद्धिदर कायम रहेको थियो । तर, अहिले भने गत वर्ष ऋणात्मक रहेको वृद्धिदरको चार्ट केही माथि उक्लिए पनि उलेख्य वृद्धि भने हुन नसक्ने हालको अवस्थाले देखाएको छ ।

त्यसपछि फेरि ओरालो लाग्न थालेको आर्थिक वृद्धिदर यो वर्ष ८ प्रतिशतभन्दा बढी गर्ने लक्ष्य सरकारले लिएपनि त्यसको एक चौथाई पनि प्राप्त नहुने देखिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलोपटक मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताएका थिए ।

‘नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ,’ उनले भनेका थिए ‘पछिल्लो दुई दशकमै पहिलोपटक नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।’  आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड– १९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको अर्थमन्त्रीले यस अघि नै बताइ सकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स