भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा राक्सिराङ्ग गाउँपालिकाको गाँउकार्यपालिकाको सभाहल चैनपुरमा राक्सिराङ् गाउँपालिकाका निर्वाचित जन प्रतिनिधिहरू र गाउँपालिका भित्र कार्यरत कर्मचारीहरुको सहभागितामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राक्सिराङ् गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतित्यथामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख अर्जुन कुमार शर्माले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनिकरण एवम् सुशासन प्रवर्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराएका थिए ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउनु हुँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गरेका थिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु सापकोटाले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राक्सिराङ् गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधिहरूको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । राक्सिराङ् गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानले आफ्नो मन्तव्य राख्दै अन्तरक्रिया कार्यक्रम सुशासन प्रवर्धनको विषयमा जनप्रतिनिधिहरूको क्षमता विकासमा निकै उपयोगी भएको बताए। राक्सिराङ् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रको सार्थक सहकार्य र समन्वय हुनु पर्ने बताउँदै राक्सिराङ गाउँपालिकालाई भ्रष्टाचार मुक्त र सदाचार युक्त बनाउने अभियानमा आफूहरू लागि परेको बताए ।

सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बरालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए। अन्तरक्रियाका कार्यक्रमको खुल्ला सत्रमा उठेका प्रश्नको जबाफ दिँदै कार्यक्रमको अध्यक्षता समेत गरेका यस कार्यालयका कार्यालय प्रमुख अर्जुन कुमार शर्माले कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स