आइतबार सार्वजनिक विदा

काठमाडौं । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। पुस १ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुस १ गते आइतवारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ‘वि. सं २०७८ साल पौष ४ गते आइतवारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/०९/०१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएसंगै आइतबार शेयर कारोबार समेत बन्द रहने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स