राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र मिति तोक्य आयोगले

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । प्रदेश १ मा २ र अन्य ६ वटा प्रदेशमा १–१ वटा मतदान केन्द्रभित्र २–२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको आयोगले जानकारी दिएको छ ।

निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४९३ गरी कुल २०२५ जना मतदाता हुनेछ । प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि बाली संरक्षण प्रयोगशाला गर्ने तय भएको छ ।

प्रदेश २ मा महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय तोकेको छ ।

लुम्बिनी प्रदेशका लागि दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि धनगढीस्थित प्रदेश सभा भवनमा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स