२७ सय ३३ मतसहित कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । देउवा २७ सय ३३ मत पाएर उक्त पदमा विजयी भएका हुन् । बुधवार बिहान साढे २ बजे सार्वजनिक भएको मतगणनाको नतिजामा डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।

कुल ४ हजार ६ सय २३ मत खसेकोमा देउवाले २७ सय ३३ र कोइरालाले १८ सय ५५ मत प्राप्त गरेका छन् । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सोमवारको मतदानमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १ हजार ७ सय ३ मत प्राप्त गरेका थिए । सोमवार भने ४ हजार ६८१ मत खसेको थियो ।

सोमवार भएको पहिलो चरणको मतदानमा स्पष्ट बहुमत आउन नसकेपछि मंगलवार दोस्रो चरणको मतदान भएको हो ।

पहिलो चरणमा सभापतिको प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गरे । उनीहरूको समर्थनले देउवाको जीत सहज भएको हो ।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर देउवा सभापतिमा विजयी भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स