५० प्रतिशत मत नकटेपछि कांग्रेस नेतृत्व चयनको निर्वाचन दोस्रो चरणमा

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । सभापतिका पाँच प्रतिस्पर्र्धीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरण निर्वाचन गर्नु परेको हो । कांग्रेस सभापतिका उम्मेद्वार शेरवहादुर देउवाको १९८ मत नपुगेपछि निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो ।

कांग्रेसको विधानको दफा १६ को खण्ड अनुसार सभापति चयनको निर्वाचनमा उम्मेदवारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्ने हुन्छ ।

निर्वाचनमा खसेको ४६७९ मतमध्ये सभापतिका प्रतिस्पर्र्धी देउवाले २१४२ र शेखर कोइरालाले १७०८ मत पाएका छन् । जितका लागि २३४० मत आवश्यक थियो ।

आवश्यक मत पाउन नसकेपछि दोस्रो चरणमा चुनाव हुन लागेको हो। अबको प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुनेछ ।

निर्वाचन समितिले मंगलबार नै दोस्रो चरणका निर्वाचन प्रक्रिया अघि बढाउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स