पास्ताको मेशिनमा सुनको पाइप बनाएर ल्याएको सुन त्रिवि भन्सार कार्यालयको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार ६ सय ग्राम सुन नियन्त्रणमा लिएको छ ।
कतारबाट काठमाडौं उडान भरेका २ यात्रुले पास्ता बनाउने मेशिनमा लुकाएर ल्याएको सुन भन्सार विभागले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार पास्ता बनाउने मेशिनलाई एक्सरे चेकजाँच गर्दा शंका लागेपछि चेकजाँच गरेको थियो ।
मेशिन जडान गरिएको स्टीलको पाइप (रोलर)लाई काटेर हेर्दा चाँदी जस्तो देखिने जलप लगाइ भित्र लुकाएर सुनको पाइप बनाइ ल्याएको पाइएको हो ।

अवैध तरिकाले नेपालमा सुन भित्रन थालेपछि भन्सार विभागले गत १३ गतेदेखि कडाइ गर्न गरेको छ । कडाइ गरेयता त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले ९४ किलो सुन नियन्त्रणमा लिएको छ । यो सुन २ हजार ७८ यात्रुुले ल्याएका हुन् ।

यस्तै १ हजार ८९७ यात्रुले आफ्नो साथमा ल्याएको करिब ८७ केजी ५०० ग्राम सुन प्रचलित कानुन बमोजिम तिर्नुपर्ने भन्सार राजस्व तिरेर जाँचपास गराएर लगेका छन् ।

६ किलो ५ सय ग्राम सुन भन्सार कार्यालयको लकरमा छ । जुन यात्रुले जाँचपास गराएर लैजान सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स