अबदेखि ट्राफिक नियम उल्लंघन गरेवापतको जरिवाना कारबाही स्थलबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबदेखि ट्राफिक नियम उल्लंघन गरेवापतको जरिवाना कारबाही स्थलबाटै भुक्तानी गर्न सकिने नियम ल्याएको छ । महाशाखाल आज एक कार्यक्रमकाबीच प्रविधिमा आधारित पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टमु व्यवस्थाको शुरुवात गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताए ।उनले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको शुरू गरेको बताए ।

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ । प्रमुख भट्टराईले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताए ।

यद्दपि महाशाखाको अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स