भारतीय सुरक्षाकर्मीको गोलीबाट ११ जनाको मृत्यु

एजेन्सी । भारतको नागाल्याण्ड राज्यमा भारतीय सुरक्षाकर्मीको गोलीबाट कम्तीमा ११ नागरिक मारिएका छन् । नागाल्याण्डको मोन जिल्लास्थित तिरु र ओटिङ गाउँनजिकै सुरक्षाकर्मीको गोली लागेर ११ नागरिक मारिएका हुन् ।

उक्त घटनामा एकजना सिपाहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। सो घटनामा आफ्नो सिपाहीको मृत्यु भएपछि सेनाले तत्काल छानबिनको आदेश दिएको छ । त्यहाँको राज्य सरकारले घटनालगत्तै अनुसन्धानका लागि उच्चस्तरीय टोलि पठाइसकेको बताएको छ ।

सो घटना शनिबार साँझ म्यानमार सीमा नजिकै भएको आइतबार प्रकाशित भारतीय मिडियामा उल्लेख छ । सुरक्षाकर्मीको गोली लागेर अन्य दुई नागरिक घाइते भएको बताइएको छ । नागाल्याण्डका मुख्यमन्त्री नेइपिउ रियोले आइतबार दुर्भाग्यवश् भएको सो घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । रिपोर्टकाअनुसार आतंकवादी अपरेसनअन्तर्गत सुरक्षाकर्मी सो क्षेत्रमा खटिएका थिए ।

सोहि क्रममा अन्धाधुन्ध गोली चल्दा दुर्गाग्यवश ११ नागरिकको मृत्यु भएको बताइएको छ। सो घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले भारतीय मिडियासँग बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स