७ विकास बैंकको लाभांश घोषणा, महालक्ष्मीको सबैभन्दा धेरै, बाँकीले कति दिन्छन् लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । भने, केही कम्पनीहरुले लाभांश वितरण पनि भइसकेको छ । यस्तो अवस्थमा विकास बैंकहरुले पनि लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म १६ विकास बैंकमध्ये ७ वटाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेका छन् । जसमा ४ वटाको बुक क्लोज भइसकेको छ भने १ वटाको बुक क्लोज मिती घोषणा भइसकेको छ भने बाँकी २ को बुक क्लोज मिती घोषणा हुन बाँकी छ ।

हालसम्म लाभांश घोषणा गरेका विकास बैंकमध्येमा महालक्ष्मी विकास बैंकको लाभांश उच्च देखिएको छ । महालक्ष्मीले आफ्ना सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।

लाभांश घोषणा गरेका विकास बैंक

विकास बैंकहरुको लाभांश दिन सक्ने क्षमता

गरिमा विकास बैंक
गरिमा विकास बैंक गत आवमा ६० करोड ५७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १६।४७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

मितेरी विकास बैंक
मितेरी विकास बैंकले गत आवमा १२ करोड ५३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ७९ करोड ७३ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १५।७२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

एक्सेल विकास बैंक
एक्सले विकास बैंकले गत आवमा ९ करोड ९६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १२।२८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सप्तकोशी विकास बैंक
सप्तकोशी विकास बैंकले गत आवमा ७ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई ८।९२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सिन्धु विकास बैंक
सिन्धु विकास बैंकले गत आवमा २ करोड ८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई ३।७३ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

कर्णाली विकास बैंक
कर्णाली विकास बैंकले गत आवमा ३ करोड ६८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ५३ करोड रुपैयाँ छ । बैंकले सेयर धनीलाई ६।९४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

नारायणी विकास बैंक
नारायणी विकास बैंकको गत आवमा विरण योग्य नाफा ऋणात्मक छ । बैंकको वितरण योग्य नाफा २१ करोड ८३ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ छ ।

कर्पोरेट र ग्रिन विकास बैंकले आफ्नो वित्तीय विवरणमा वितरण योग्य नाफा देखाएका छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स