काठमाडौं उपत्यकामा १ हजार २८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २८९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना संक्रमित थपिएको हो ।

देशभर थप ४ हजार १०७ जना कोभिड संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स