काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी भएको भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ।
उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्युज टेलिभिजनका सुरेश रजकको मृत्यु भएको हो ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ।
नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको बताए।