गोगोरोद्वारा काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

काठमाडौं । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौं उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना गरेको छ।

गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कूटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो। सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि हो।

स्मार्ट मोबिलिटीमा नयाँ युगको सुरुवात

रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्दछ। केवल६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्नेछन्।

गोगोरो स्वाप स्टेशनका प्रमुख विशेषताहरू
– रणनीतिक कभरेज : यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेशन।

– २४/७ उपलब्धता : स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने ।

– सहज इन्टरफेस : हिलो पटक प्रयोग गर्नेहरूका लागि पनि सहज र सरल ब्याट्रीस्वाप प्रणाली।

– एडभान्स सुरक्षा तथा अनुगमन : रियल टाइम ब्याट्री हेल्थ निगरानी तथा अन्य सुरक्षा मापदण्डहरू ।

– स्कालेबीलिटी : भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना ।

– पावर व्याकअप : स्वाप स्टेशनहरूमा गोगोरो ब्याट्रीद्वारा संचालित इन बिल्ट यूपीएस प्रणाली उपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुलीअवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्दछ।

– एआई पावरर्ड : स्टेशनहरूस्स्वापस्टेसनहरू एआई प्रणालीद्वारा सञ्चालित हुन्छन्, जसलेब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको माग अनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ।

नेपालको शहरी यातायातमा ठूलो परिवर्तन

गोगोरोको ब्याट्री-स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ। राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खनेबारेमा कहिल्यै चिन्ता गर्नुपर्दैन। यसरी स्वाप स्टेशनहरूले ईभी सवारीलाई अझ व्यवहारिक र आकर्षक बनाउँछन्।

हाल गोगोरोका स्टेसनहरू पेट्रोलपम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन्।हाल काठमाडौंमा दैनिक १०० भन्दा बढीस्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ।

‘नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरागर्न पाएकोमा गर्व लागेको छ। यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,’ नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने।

प्रतिक्रिया

हेडलाइन्स