काठमाडौं । नेपालमा थप ४ हजार १०७ जना कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १६ हजार २५८ जनाको नमुना परीक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त भएको