काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा कुलमानका समर्थकहरूले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका पक्षमा नारा लगाउँदै नयाँ बानेश्वर चोकसम्म आइपुगेका थिए ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोज्दा प्रहरीसँग धक्कामुक्की भएको थियो ।
हिजो चैत ११ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
तस्बिरमा हेर्नुस् :